ad ad

राजनीति


राष्ट्रिय व्यक्तित्व र कलाकारलाई उपचारमा निजामतीसरह उपचार सुविधा दिने तयारी

राष्ट्रिय व्यक्तित्व र कलाकारलाई उपचारमा निजामतीसरह उपचार सुविधा दिने तयारी

नेपालखबर
फागुन २८, २०७९ आइतबार १८:३०, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वहरुलाई निजामती कर्मचारीसरह सुविधा दिने तयारी भइरहेको बताएका छन्। 

राष्ट्रिय समावेशी म्युजिक अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले राष्ट्रिय व्यक्तिहरुको सम्मानका लागि उपचारमा निजामती सरह सुविधा उपब्ध गराउने तयारी भइरहेको बताएका हुन्। 

'तपाईंहरुका लागि सरकारको तर्फबाट गर्न सक्ने सहयोग र समन्वय गर्न म सदैव तत्पर छु,' मोदीले भने, 'हाम्रो मन्त्रालयअन्तर्गतको निजामती सेवा अस्पतालमा अहिले निजामती सेवाकाले मात्रै सुविधा पाउँछन्। अब त्यहाँ राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, सहिद तथा वेपत्ता परिवारलाई निजामतीसरह सुविधा दिने गरी कार्यविधि बनाउँदैछौँ।' 

राष्ट्रिय व्यक्तित्वहरुको सम्मानका लागि आफूहरुले यो काम गर्न लागेको मन्त्री मोदीको भनाइ थियो। 

आर्थिक समस्याका कारण कलाकारहरुले जीवनको उतरार्द्धमा उपचार गर्न नसक्ने अवस्था सिजर्ना भएकोमा उनले दुख व्यक्त गरे। 

'आर्थिक अभावले तपाईंहरुलाई निरासा लान सक्छ, राज्यका लागि दिएको योगदानको मूल्यांकन भएन कि भन्ने पनि तपाईंहरुलाई लाग्छ', उनले भने,'तपाईंहरुसहित राष्ट्रिय व्यक्तित्वहरुको सम्मानमा निजामती अस्पतालमा निजामतीसरह उपचारमा सुविधा दिने हाम्रो तयारी छ, तपाईंहरुको कलाको राज्यले उचित सम्मान गर्छ।'

मन्त्री मोदीले समाजमा कर्मचारीलाई हेर्ने दृष्ट्रिकोण परिवर्तन गर्नेसमेत बताए। 'जनताको सेवा दिने सवालमा कर्मचारीले आलटाल गर्ने प्रवृत्ति अन्त्य गरेर भ्रष्टचारमुक्त समाज निर्माण गरी सुशासन कायम गर्ने दिशामा यो सरकार अग्रसर छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .