राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज (फागुन २८ गते) सकिँदै छ।
आगामी कार्यकालका लागि नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल चयन भइसकेका छन्। उनले भोलि सोमबार शपथ खाएर पद सम्हाल्ने कार्यक्रम छ।
राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल आज सकिने भए पनि उनी शीतल निवासबाट आजै निजी निवास सर्छिन् वा भोलि तय भइसकेको छैन। बूढानीलकण्ठस्थित उनको निजी निवास मर्मत भइरहेको छ।
भण्डारी दोस्रोपटक २०७४ फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।
उनी त्यसअघि संविधान घोषणापछि २०७२ कात्तिक ११ गते पहिलोपटक राष्ट्रपति भएकी थिइन्।
105
Shares
प्रतिक्रिया