राजनीति


एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा उम्मेदवारी दर्ताका क्रममा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
फागुन २७, २०७९ शनिबार १२:५१, काठमाडौँ

नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन्। 

उपराष्ट्रपतिमा उम्मेदवारी दर्ताका क्रममा पार्टी अध्यक्ष केपी ओली, उपाध्यक्ष सुवास नेम्वाङलगायत नेतासँग एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य। तस्बिर : सरोज बैजु/नेपालखबर

केही बेरअघि उनले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दिएकी हुन्।

शाक्यको प्रस्तावकमा अध्यक्ष केपी ओली, उपाध्यक्ष सुवास नेम्वाङ, सचिवहरू छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ बसेका छन्। यस्तै समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश वर्ता‌ला, तुलसा दाहाल, भगवती न्यौपाने र  यशोदा रिमाल छन्।  

आजै पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

उपराष्ट्रपतिमा उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आज बिहान ९ बजेदेखि खुला दर्ताको समय दिउँसो २ बजेसम्मलाई तोकिएको छ। 

दर्ता भएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म रहने गरी निर्वाचन कार्यक्रम छ। 

यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने गरी कार्यक्रम तय भएको छ।

राष्ट्रपतिमा भने नौदलीय गठबन्धनबाट रामचन्द्र पौडेले चयन भइसकेका छन्। उनले आगामी सोमबार शपथ खाई पद सम्हाल्नेछन्। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने भोलि फागुन २८ गते सकिँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad