राजनीति


बालुवाटारमा माओवादी धारका पार्टीहरूको बैठक बस्दै

बालुवाटारमा माओवादी धारका पार्टीहरूको बैठक बस्दै

फाइल तस्बिर।


नेपालखबर
फागुन २३, २०७९ मंगलबार ७:५९, काठमाडौँ

१० वर्षे सशस्त्र जनयुद्धमा सँगै सहभागी भएका विभिन्न माओवादी धारका पार्टीहरूको बैठक बस्दै छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो। 

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार बिहान साढे ८ बजेका लागि बैठक तय भएको छ। 

यसअघि फागुन २१ मा माओवादी घटकका नेताहरु प्रचण्ड, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द लगायत एउटै मञ्चमा देखिएका थिए।

सहिद तथा वेपता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको सो कार्यक्रममा नेताहरूले माओवादी घटकहरू मिल्नुको विकल्प नभएको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad