ad ad

कारोबार


भ्रमण वर्षको पहिलो दिन पर्यटकलाई देशैभर स्वागत (फोटोफिचर)

भ्रमण वर्षको पहिलो दिन पर्यटकलाई देशैभर स्वागत (फोटोफिचर)

नेपालखबर
पुस १६, २०७६ बुधबार ७:५६,

नेपाल भ्रमण वर्षको पहिलो दिन आज देशभरका पर्यटकीय स्थल पुगेका विदेशी पर्यटकलाई स्वागत गरिएको छ। काभ्रे, चितवन, झापा, भक्तपुर लगायतका महत्वपूर्ण पर्यटकीय स्थलमा पुगेका विदेशी पर्यटकलाई स्वागत गरिएको हो।

विदेशी पर्यटकलाई माला पहिराएर तथा खादा ओढाएर स्वागत गरिएको हो। सोही क्रममा चितवन आएका पर्यटकलाई भरतपुर विमानस्थलमा, झापाको पूर्वी नाका काँकडभिट्टाबाट आएका भारतीय पर्यटकलाई रुद्राक्षको माला लगाएर स्वागत गरिएको छ। यस्तै भक्तपुर दरबार क्षेत्रमा पुगेका पर्यटकलाई मेयर सुनिल प्रजापति आफैँले स्वागत गरेका छन्।

visit nepal tourist 6

आजदेखि सुरु भएको भ्रमण वर्षको उद्घाटनमा अपराह्न त्रिपुरेश्वरस्थित रंगशालामा औपचारिक कार्यक्रम नै राखिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ। 

यसैबीच, त्रिभुवन विमानस्थलले बिहानै फ्लाई दुवईका यात्रुलाई खादा लगाएर सम्मान गरेको छ। त्रिभुवन विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले नेपालमा पहिलो अवतरण गरेका सबै यात्रुलाई खादा लगाएर सम्मान गरेको जानकारी दिए।

visit nepal tourist 1

नेपालभर भ्रमण वर्षलाई उत्सवको रुपमा मनाउँदै प्रदेश सरकार तथा स्थानीय तहले समेत पर्यटकलाई खादा, फूल तथा नेपाली ढाका टोपी लगाएर सम्मान गरेका छन्।

पर्यटन बोर्डका अनुसार विमानस्थलमा यति अर्थात् हिममानवको मस्कट राखिएको छ। यसले मस्कटमा सेल्फी खिच्छ, त्यसलाई केही छुटसहितको कुपन बाँडिएको जानकारी दिए। बोर्डले साढे दुई सय कुपन बाडेको जानकारी दिएको छ। बाेर्डले विभिन्न पर्यटन व्यवसायीबाट संकलित कुपनमा सेल्फी खिचेबापत २० देखि ३० प्रतिशतसम्म छुट सुविधा दिएकाे छ। 

visit nepal tourist 3
visit nepal tourist 4
visit nepal tourist 5

सबै तस्बिर : रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .