ad ad

राजनीति


दूतावासमा आगजनी भएपछि इराकमा सेना पठाउँदै अमेरिका

दूतावासमा आगजनी भएपछि इराकमा सेना पठाउँदै अमेरिका

नेपालखबर
पुस १६, २०७६ बुधबार ७:२३,

अमेरिकी रक्षा सचिव मार्क एस्परले इराकमा अमेरिकी सेना पठाउने पुष्टि गरेको सीएनएनले जनाएको छ।

आइतबार अमेरिकाले इराक र सिरियामा रहेका सशस्त्र समूहलाई लक्षित गर्दै उनीहरुकै भूमिका आक्रमण गरेको थियो।

आफ्नो देशका एक ठेकेदारको मृत्यु भएपछि अमेरिकी सेनाले इराक र सिरियास्थित इरानसमर्थित लडाकु शिविरमा आक्रमण गरेको थियो।

आइतबारको अमेरिकी आक्रमणमा २५ हिज्बुल्लाह लडाकुको मृत्यु भएको थियो भने ५१ जना घाइते भएका थिए।

इराकले अमेरिकाले सार्वभौम मूलुकमा आक्रमण गरेर आतंकवादलाई प्रश्रय दिएको आरोप लगाएको थियो।

मंगलबार प्रदर्शनमा उत्रँने सयौं व्यक्तिहरु हिजबुल्लाहका समर्थक भएको बताइएको छ।

प्रदर्शनकारीले अमेरिकी दूतावासमा ढुंगा हानेका थिए। दूतावासको पर्खालमा आगजनी गरेका थिए। दूतावास भित्रै पसेर तोडफोड गरेका थिए।

यसैबीच इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेको भन्दै अमेरिकाले इरानलाई ‘ठूलो मुल्य चुकाउनु पर्ने’ चेतावनी दिएको छ।

ट्रम्पले इरानी पक्षले अमेरिकी दूतावासमा ‘नियोजित आक्रमण’ गराएको आरोप लगाए।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकका काम चलाउ प्रधानमन्त्री अदेल अब्दुल मेहदीलाई मङ्गलबार फोन गरेर घटनाप्रति आपत्ति जनाएका थिए।

इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा इरान निकटका इराकी प्रदर्शनकारीले आक्रमण गरेको बताइएको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .