ad ad

राजनीति


मैले विधान मिचेको छैन : देउवा

मैले विधान मिचेको छैन : देउवा

नेपालखबर
पुस १६, २०७६ बुधबार ७:२३,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको बताएका छन्।

विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै सभापति देउवाले पार्टीलाई बलियो एवं सुदृढ बनाउने विधानलाई आफूले नमिचेको स्पष्ट पारे।

सभापति देउवाले सरकारका प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सभामुख र उपसभामुखमध्ये एउटा पाउनुपर्ने दावी गरे।

बहुचर्चित एमसीसी सम्झौता नेपालको हितमा रहेको भन्दै सरकारले त्यसलाई पास गर्नुपर्ने धारणा व्यक्त गरे।

उनले पार्टीको हरेक क्रियाकलापमा सहमति खोज्दै अगाडि बढिरहेको जानकारी दिँदै लामो समयदेखि नेतृत्वविहीन नेपाल विद्यार्थी संघमा छिट्टै नेतृत्व ल्याउने धारणा व्यक्त गरे। एक प्रश्नको जवाफमा सभापति देउवाले पार्टीभित्र एकता र मेलमिलाप कायम रहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .