ad ad

राजनीति


प्रधानमन्त्री ओलीले फोनमै दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री ओलीले फोनमै दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

नेपालखबर
पुस १६, २०७६ बुधबार ५:५४,

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको पुनः निम्तो दिएका छन्।

नेपाल भ्रमण वर्षको उद्घाटनको दिन पारेर बुधबार बिहान भएको फोनवार्तामा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

फोनवार्तामा नयाँ वर्ष २०२० को अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै २०१९ को समीक्षा गर्दै उक्त वर्ष दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको निष्कर्ष निकालेको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।

‘आज बिहान भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग मेरो फोनवार्ता भयो। हामीले नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान ग¥यौँ। दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सन् २०१९ सफल रहेको निष्कर्ष निकाल्यौँ’, प्रधानमन्त्री ओलीले ट्विटमा भनेका छन्, ‘बॉकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्याउन सन् २०२० सफल रहनेमा हामीले विस्वास व्यक्त गर्यौं। मैले प्रम मोदीलाई नेपाल भ्रमणको लागि पुनः आग्रह गरेँ।’

यसअघि पनि प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा प्रधानमन्त्री ओलीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .