ad ad

समाज


रौतहट र बर्दियामा भएका सवारी दुर्घटनामा पाँचको मृत्यु

रौतहट र बर्दियामा भएका सवारी दुर्घटनामा पाँचको मृत्यु

नेपालखबर
पुस १६, २०७६ बुधबार ५:५,

रौतहट र बर्दियामा भएका सवारी दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ।

रौटहटको मौलापुर नगरपालिका-२ चिरचिरयामा बुधबार ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मौलापुर नगरपालिका-२ का ४५ वर्षीय सुरेन्द्र राय र पछाडी सवार सोही ठाउँका ६० वर्षीय राजेन्द्र राय छन्।

ठक्कर दिने ट्रयाक्टरको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जभित्र ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाको आम्बासा क्षेत्रमा पर्ने राजमार्गमा लु २ ख १०६८ नम्बरको ट्रक दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ।

भैरहवाबाट छड लिएर धनगढीतर्फ गइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान चार बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा ज्यान गुमाएका ट्रकका सहचालक र दुई महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रक चालक कर्णबहादुर चौधरी घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .