नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आग्रह गरेका छन्।
शनिबार कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेसँगै रास्वपा सभापति लामिछानेलाई भेटेर पौडेलले सो आग्रह गरेका हुन्। सभापति लामिछानेलाई भेट्न पौडेल उनको नीजि निवास हात्तिगौंडा पुगेका थिए।
‘मलाई राष्ट्रपति चुनावमा सहयोग गर्नुस,’ रविको सचिवालय सदस्य प्रकाश सिग्देलले भने, ‘पौडेलले सहयोगको अपेक्षा गर्नु भयो। सरले सोचेर बिचार गरेर जवाफ दिने बताउनुभयो।’ ।
पौडेल लामिछानेसँग २० मिनेटभन्दा बढी कुराकानी गरेर निस्किएका थिए।
प्रतिनिधिसभामा रास्वपाका १९ सांसद छन्। प्रदेशसभातर्फ भने रास्वापा निर्वाचनमा सहभागी नै भएको थिएन्।चुनावमा प्रतिनिधिसभाका ती सांसदको मतभार १५०१ हुन्छ।
आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेले सुवास नेम्वाङको उम्मेदवारी दर्ता गराइसकेको छ भने ८ दलीय गठबन्धनको तर्फबाट रामचन्द्र पौडेलले दर्ता गराउने तयारीमा छन्।
Shares

प्रतिक्रिया