ad ad

राजनीति


राष्ट्रपति निर्वाचन : एमालेबाट सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता

राष्ट्रपति निर्वाचन : एमालेबाट सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता

नेपालखबर
फागुन १३, २०७९ शनिबार १३:४, काठमाडौँ

आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा पुगेर एमालेले उपाध्यक्ष सुवास नेम्वाङको उम्मेदवारी दर्ता गराएको हो। 

संवैधानिक व्यवस्था अनुसार पाँच जनता प्रस्तावक र समर्थक राखेर एमालेले नेम्वाङको उम्मेवदारी दर्ता गराएको हो।

नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन्। समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेको संसद सचिवालयले जनाएको छ।

शनिबार बिहान मात्रै पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। 

गत १० पुसको सम्झौता अनुसार राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको एमाले नेताहरूले बताएका छन्। एमालेले राष्ट्रपति निर्वाचन अघि सरकार नछाड्ने निर्णय पनि गराएको छ। 

सचिवालय बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू उम्मेदवारी दर्ताका लागि नयाँ बानेश्वर पुगेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .