ad ad

राजनीति


संस्कृतिका संरक्षणमा विशेष ध्यान दिनुपर्छ : माधव नेपाल

संस्कृतिका संरक्षणमा विशेष ध्यान दिनुपर्छ : माधव नेपाल

नेपालखबर
फागुन ९, २०७९ मंगलबार १०:२४, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा रहेका विभिन्न समुदायका मौलिक चाडपर्व र संस्कृतिका संरक्षणमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता रहेको नेपाली समाजमा विभिन्न जातजातिका समुदायले परम्परागतरूपमा मनाउँदै आएको पर्व संस्कृतिले देशलाई सांस्कृतिकरूपमा सम्पन्न बनाएको बताए। 

उहाँले विविध जात, भाषा र संस्कृतिले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्नका साथै मानव सभ्यतासँग जोडिएका यस्ता पर्वको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन्। 

सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका माध्यमबाट सामाजिक न्याय, समानता कायम भई हिमाल, पहाड र तराईका जनताको एकतालाई बलियो बनाउने र सबैको साझा प्रयासबाट हुने विकास र समृद्धिले राष्ट्र निर्माणमा योगदान पुग्ने भनिएको छ।

चाडपर्वले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गरी एकआपसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्ने सन्देशमा उल्लेख गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .