राजनीति


राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई

राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई

नेपालखबर
फागुन ८, २०७९ सोमबार १८:४४, काठमाडौँ

सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।

‘पछिल्लो राजनीतिक परिस्थितीको विश्लेषण भयो। राष्ट्रियता स्वाधिनता, संविधान, संघीयता र गणतन्त्रको रक्षाका लागि सहमति खोज्न कोशिस गर्ने निर्णय भयो’ उपाध्यक्ष तथा प्रवक्ता महराले नेपालखबरसँग भने, ‘नामबारे कुनै छलफल भएन। सहमतिको प्रयासका लागि टुंगो लगाउने जिम्मा प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डलाई दिइयो।’

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसेको थियो।

फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनका लागि दलहरुले सक्रियता बढाएका छन्। नेकपा (एमाले) र नेपाली कांग्रेसले आ–आफ्नै दलको राष्ट्रपति हुनुपर्ने अडान लिइरहँदा प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमति हुनुपर्ने धारणा राख्दै आएका छन्।

सोही सम्बन्धमा प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपाल र आइतबार बेलुकी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुले भेटवार्ता गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .