नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने निर्णय गरेर सरकारले दिन खोजेको सन्देशबारे प्रश्न गरेका छन्।
आज (फागुन १) मा मनाइने जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको थियो भने गृह मन्त्रालयले एक सूचना जारी गर्दै त्यसबारे जानकारी गराएको थियो।
सरकारको यो निर्णयले कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिँदैछ? भन्दै कोइरालाले प्रश्न गरेका छन्।
‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ’, कोइरालाले भनेका छन्, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको? देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ?’
जनयुद्ध दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेकोप्रति सामाजिक सञ्जालमा चौतर्फी आलोचना सुरु भएको छ।
— Dr Shekhar Koirala (@Shekharnc) February 13, 2023एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको? देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ?
Shares

प्रतिक्रिया