राजनीति


बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक, रञ्जिता रेशमसँग छलफलमा

जसपा पनि अनुपस्थित
बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक, रञ्जिता रेशमसँग छलफलमा

नेपालखबर
माघ २७, २०७९ शुक्रबार १०:४५, काठमाडौँ

बालुवाटारमा एक घण्टादेखि जारी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा नागरिक उन्मुक्ति पार्टी सहभागी भएको छैन।

बालुवाटारमा संयन्त्रको बैठक चलिरहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठ डिल्लीबजार कारागार पुगेकी छन्। 

रेशम चौधरी भेट्न श्रेष्ठ कारागार गएकी हुन्। केही बेरअघि उनी कारागार प्रवेश गरेकी हुन्। 

‘अहिले रञ्जिताजी डिल्लीबजार कारागारमा रेशम चौधरीसँग भेटिरहनुभएको छ,’ स्रोतले नेपालखबरसँग भन्यो।

पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी छैन। तर, संयन्त्रको बैठकमा सहभागी भइरहेको थियो।

नागरिक उन्मुक्तिले समर्थन नगर्दा सुदुरपश्चिममा एमाले नेतृत्वको सरकार ढलेको छ।

बिहीबार विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सरकार ढलेको हो।

रेशम चौधरीको रिहाइको माग गरिरहेको नागरिक उन्मुक्तिले साथ नदिँदा सुदूरपश्चिमको सरकार ढलेपछि नयाँ रणनीति बनाउन संयन्त्रको बैठक बसिरहेको हो।

बैठकमा संयन्त्रका संयोजक तथा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन छन्।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) पनि संयन्त्रको बैठकमा बसेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .