ad ad

राजनीति


देउवाविरुद्ध रणनीति तय गर्न बोहाेराटारमा पौडेल पक्षको बैठक बस्दै

देउवाविरुद्ध रणनीति तय गर्न बोहाेराटारमा पौडेल पक्षको बैठक बस्दै

नेपालखबर
पुस १४, २०७६ सोमबार ११:१७,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाकाे ‘एकपक्षीय निर्णय’विरूद्ध रणनीति तय गर्न आफूपक्षीय नेताहरुको भेला बोलाएका छन्।

आज साँझ पौडेल निवास बोहाेराटारमा डाकिएको भेलामा पौडेल समूहका नेताहरु सहभागी हुने महामन्त्री शंशाक कोइरालानिकट एक नेताले नेपालखबरलाई जानकारी दिए।

यसअघि महामन्त्री कोइरालाले सोमबार बिहान सभापति देउवासँग उनकै निवास बूढानीलकण्ठ पुगेर भेट गरेका थिए। ‘भेटमा राजनीतिक विषयमा कुरै भएन’, कोइरालाको सचिवालयका एक सदस्यले भने। भेलामा ८/१० जना नेता सहभागी हुनेछन्।

सभापति शेरबहादुर देउवाले पेलेरै कार्यसमिति बैठक राखेको र त्यसमा पार्टीको विभागसंख्या बढाउने लगायतका विभिन्न निर्णय गराएपछि झस्किएको पौडेल समूहले शनिबार पनि भेला राखेर सभापतिको निर्णय खारेज गर्न माग गरेको थियो।

सहमतिविपरीत गरिएका निर्णय खारेज नभए दबाबमूलक कार्यक्रम गर्ने चेतावनी दिएको पौडेल समूहले सोही रणनीति तय गर्न आफूपक्षीय नेताहरुको भेला राखेका हुन्। भेलामा पौडेल, शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा.शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी लगायतका नेताहरु उपस्थित हुने बताइएको छ।

आफ्नो निर्णयलाई नमान्ने घोषणा गरेको पौडेल समूहका नेताहरुसँग आइतबार पनि सभापति देउवाले वार्ता गरेका थिए। उनले सहमतिकै आधारमा आफू अघि बढ्ने प्रतिबद्धता जनाएका पनि थिए। आजको भेलामा त्यसबारे पनि नेताहरुसँग छलफल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .