राजनीति


ओली भन्छन् : सुदूरपश्चिम सरकार जोगिन्छ, प्रचण्ड भन्छन् : एकछिनमा थाहा हुन्छ

ओली भन्छन् : सुदूरपश्चिम सरकार जोगिन्छ, प्रचण्ड भन्छन् : एकछिनमा थाहा हुन्छ

बिहीबार भेटवार्ताका क्रममा ओली र प्रचण्ड। तस्बिर : दिनेश भण्डारी


नेपालखबर
माघ २६, २०७९ बिहिबार १६:५९, काठमाडौँ

नेकपा एमालेका नेता राजेन्द्र सिंह रावल नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढल्न लागेका बेला सात दलीय गठबन्धनका दुई शीर्ष नेताले दुईथरी कुरा गरेका छन्।

बिहीबार भएको वार्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकार ढल्ने या जोगिने एकछिनपछि थाहा हुने बताए।

सिंहदरबारमा ओलीसँग वार्ता गरेर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्। पत्रकारहरुले सुदूरपश्चिम सरकार के हु्न्छ भनेर सोधेको जवाफमा उनले भने, 'एकछिनपछि सुदूरपश्चिम सरकार के हुन्छ थाहा हुन्छ। उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बिहान ९ बजे बस्छ।'

उता एमाले अध्यक्ष ओलीले भेटपछि सुदूरपश्चिम सरकार जोगिने बताएका छन्। 'प्रचण्डजीसँग पनि कुरा भएको छ। मलाई लाग्छ, सुदूरपश्चिम सरकार जोगिन्छ होला,' उनले बैठकपछि भने।

सुदूरपश्चिममा रावल नेतृत्वको सरकार गत पुस २७ गते गठन हुँदा नागरिक उन्मुक्ति पार्टीले पनि साथ दिएको थियो।

तर रावलले बिहीबार विश्वासको मत लिने क्रममा नागरिक उन्मुक्तिले सहभागिता नजनाउने भएपछि ढल्ने अवस्थामा पुगिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad