राजनीति


राष्ट्रियसभाले आज उपाध्यक्ष पाउँदै, उर्मिला अर्याल निर्विरोध चयन हुने

राष्ट्रियसभाले आज उपाध्यक्ष पाउँदै, उर्मिला अर्याल निर्विरोध चयन हुने

नेपालखबर
माघ २३, २०७९ सोमबार ९:१७, काठमाडौँ

राष्ट्रियसभाले आज उपाध्यक्ष पाउँदैछ। सोमबार बिहान ११ बजेर ५९ मिनेटमा सुरु हुने राष्ट्रियसभा बैठकमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उपाध्यक्ष चयन गरिँदैछ।

उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सदस्य उर्मिला अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावमा देवेन्द्र दाहाल र खिमलाल देवकोटाले समर्थन गर्ने, राष्ट्रिय सभा अध्यक्षले उर्मिला अर्याललाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। 

उपाध्यक्षमा अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध चयन हुनेछिन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि अर्यालको एक्लो उम्मेदवारी परेको थियो।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो।

राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५ सांसद छन्। यस्तै, नेपाली कांग्रेसका १०, नेकपा ९एकीकृत समाजवादी० का आठ, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन्।

के छ अन्य कार्यसूची?
त्यस्तै, आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त ममन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहालले विधयान व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन मूल्यांकन विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत  गर्ने, अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सार्वजनिक सेवा प्रशारण विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, सार्वजनिक सेवा प्रशारण विधेयक,२०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रश्तुत गर्ने, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्ताव गर्ने, सुरक्षण मुद्रण सम्बन्धी विधेयक,२०७७  पारित गरियोस् भन्ने प्रस्ताव प्रश्तुत गर्ने, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, संस्कृति, पर्याटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रश्तुत गर्ने, अभिलेख संरक्षण ९पहिलो संशोधन०विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .