ad ad

राजनीति


‘पुस १० गते निषेधको राजनीति उत्तानो परेपछि कांग्रेसले सहमतिको रटान लगायो’

‘पुस १० गते निषेधको राजनीति उत्तानो परेपछि कांग्रेसले सहमतिको रटान लगायो’

आइतवारको संसद बैठकमा केपी ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
माघ २२, २०७९ आइतबार १४:३३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत पुस १० गते आफूहरुमाथिको निषेधको राजनीति उत्तानो परेपछि नेपाली कांग्रेसले सहमतिको गीत गाउन थालेको बताएका छन्। 

आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले कांग्रेसप्रति आक्रोश पोखेका हुन्।

सहमतिको रटान लगाइरहेको कांग्रेसले प्रतिनिधिसभाको चुनावमा एमालेलाई मत नदिएर उम्मेदवार उठाएकै कारण उसको दोहोरो चरित्र देखिएको पनि बताए।

'पुस १० गते निषेधको राजनीति उत्तानो परिसकेको छ। त्यहीकारण अहिले सहमतिको कुरा झिकिएको छ', उनले भने, 'यदि साँच्चिकै सहमति चाहेको भए सभामुखमा किन नसघाएको? राष्ट्रिय सहमति खोज्ने विषय छन्। संक्रमणकालीन न्यायमा राष्ट्रिय सहमति चाहिएको छ। तर कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर ढोक्सा थाप्ने काम गर्यो।'

ओलीले राष्ट्रपति पदकै लागि कांग्रेसले उक्त ढोक्सा थापेको कुरा नेपाली कांग्रेसका नेताहरुले सार्वजनिक रुपमै बोलिरहेको पनि दाबी गरे।

'हिजो मात्रै एकजना कांग्रेस नेताले राष्ट्रपति पदकै लागि प्रधामन्त्रीलाई विश्वासको मत दिएको बताउनु भयो', उनले भने, 'कुरा प्रष्टै छ नि, सत्ताबाहिर बस्नै नसकेर छटपटीमा परेको कांग्रेसलाई अहिले सहमतिका नाममा राष्ट्रपति चाहिएको छ। यो ढोक्सा नभए के हो त? फेरि पनि भन्छु कांग्रेसले थापेको त्यो ढोक्सा खाली नै हुनेछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .