राजनीति


भैरहवाबाट ढाका उडान सुरु गर्न बंगलादेशका राजदूतसँग परराष्ट्रमन्त्रीको आग्रह

भैरहवाबाट ढाका उडान सुरु गर्न बंगलादेशका राजदूतसँग परराष्ट्रमन्त्रीको आग्रह

नेपालखबर
माघ १७, २०७९ मंगलबार १७:६, काठमाडौँ

परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ।

सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाइ उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरिन्।

सो भेटमा नेपाल र बंगलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको थियो।

सो अवसरमा राजदूत चौधरीले श्रीलंकाको ७५औँ स्वातन्त्रता दिवसका अवसरमा सहभागी हुने बंगलादेशी विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्रमन्त्री पौड्यालसँग अनुरोध गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad