सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति चुनावमा पूर्वसहमति अनुसार अघि बढ्नुपर्ने बताएका छन्।
'पूर्वसहमतिअनुसार राष्ट्रपति हाम्रै पार्टीबाट हुनुपर्छ, ओलीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, 'सहकार्य हाम्रो कायम हुनुपर्यो, दरार आउनु भएन।'
प्रधानमन्त्री प्रचण्डले आफूले सहमति गर्दा राम्रो हुने बताएको जवाफ दिँदै राष्ट्रिय सहमतिको प्रयत्न गर्दा भोलि आउन सक्ने रोक्न खोजेको जवाफ दिएका थिए।
ओलीले पनि परिस्थिति अलिक फरक भएको बताएका थिए।
'पछिल्लो परिस्थिति जे भए पनि हामी साझेदार दल मिलेर जानुपर्छ, यस्ता घटनाले केही असर गर्दैन, हामी मिलेर अघि बढ्नुपर्छ,' ओलीले भने।
१० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउदा एमालेले राष्ट्रपति र सभामुख आफ्नो भागमा राखेको थियो।
सहमतिअनुसार ५ माघमा सभामुख चुनाव भएर एमालेका देवराज घिमिरे चुनिएका छ्न्। राष्ट्रपति चुनाव आगामी फागुन तेस्रो हप्ता गर्ने तयारी छ।
531
Shares

प्रतिक्रिया