सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति चुनावमा पूर्वसहमति अनुसार अघि बढ्नुपर्ने बताएका छन्।
'पूर्वसहमतिअनुसार राष्ट्रपति हाम्रै पार्टीबाट हुनुपर्छ, ओलीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, 'सहकार्य हाम्रो कायम हुनुपर्यो, दरार आउनु भएन।'
'अहिले पछिल्लो राजनीतिक घटनाक्रमले पनि सबै मिलेर जानुपर्ने देखाएको छ, कम्तिमा राष्ट्रपतिमा साझा सबै दलको मान्य हुने व्यक्ति ल्याऊँ भन्ने हो,' प्रचण्डले भने, 'हामीले यो दल, ऊ दल भनेका छैनौं, त्यो भन्नु पनि हुँदैन र भन्दैनौँ पनि।'
ओलीले पनि परिस्थिति अलिक फरक भएको बताएका थिए।
'पछिल्लो परिस्थिति जे भए पनि हामी साझेदार दल मिलेर जानुपर्छ, यस्ता घटनाले केही असर गर्दैन, हामी मिलेर अघि बढ्नुपर्छ,' ओलीले भने।
१० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउदा एमालेले राष्ट्रपति र सभामुख आफ्नो भागमा राखेको थियो।
सहमतिअनुसार ५ माघमा सभामुख चुनाव भएर एमालेका देवराज घिमिरे चुनिएका छ्न्। राष्ट्रपति चुनाव आगामी फागुन तेस्रो हप्ता गर्ने तयारी छ।
माघ १५, २०७९, आइतबार
प्रतिक्रिया