राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले उपसभामुख पदमा इन्दिरा राना मगरलाई मत मागेकी छिन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सत्ता गठबन्धनकी उम्मेदवार इन्दिरा रानाले संसदको गरिमा र पदको जिम्मेवारीलाई कुशलतापूर्वक निभाउन सक्नेमा आफ्नो पार्टी विश्वस्त भएको बताइन्।
‘आफ्नो जीवन नै बालबालिकाको रक्षाका लागि समर्पित गर्नुभएको छ, माननीय रानाका लागि मत व्यक्त गर्न सांसदहरुप्रति अपिल गर्दछु,’ गौतमले भनिन्, ‘माननीय सांसद मुक्ताकुमारी यादवलाई समेत म शुभकामना दिन चाहन्छु।’
उनले यादवलाई उम्मेदवार बनाएकोप्रति कांग्रेस पार्टीलाई धन्यवाद समेत दिएकी छिन्।
54
Shares

प्रतिक्रिया