राजनीति


राष्ट्रपतिका लागि सहमति जुटाउन कांग्रेस आजैदेखि लागिसक्यो : प्रदीप पौडेल

राष्ट्रपतिका लागि सहमति जुटाउन कांग्रेस आजैदेखि लागिसक्यो : प्रदीप पौडेल

फाइल तस्बिर


नेपालखबर
माघ ५, २०७९ बिहिबार १६:४१, काठमाडौँ

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताएका छन्। 

बिहीबार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले राष्ट्रपति निर्वाचनको लागि कांग्रेस समर्थन जुटाउने प्रयासमा आजैदेखि लाग्ने बताएका हु्न्।

उनले अहिलेसम्म राष्ट्रपतिको लागि सहमति नभएकाले नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने बताए।

पौडेलले गठबन्धन कायम रहि रहेको अवस्थामा कांग्रेसले आफ्नो उम्मेदवारहरुलाई जिताउन मुस्किल भए पनि उम्मेदवारी दिएर समर्थन जुटाउन खोज्नु स्वाभाविक भएको बताए। 

‘गठबन्धन रहिरहेको अवस्थामा कांग्रेसले आफ्नो उम्मेदवारलाई जिताउन मुस्किल छ। त्यसकारण नयाँ सिराबाट जाने कुरा स्वाभाविक हो। उम्मेदवार खडा गरेपछि जिताउन मतदातासँग मत माग्नु स्वभाविक हो', उनले भने, 'हामीले प्रतिपक्षमा नै बसेर विश्वासको मत दिने भनेका हौं। हामीले सत्ता पक्ष भएर विश्वासको मत दिएको होइन। प्रधानमन्त्रीबाटै सहमतिमा अगाडि बढ्ने अभिव्यक्ति आएको छ। त्यहीअनुसार कांग्रेसले विश्वासको मत दिएको अवस्था हो।'

उनले कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने बताए।

'अहिलेसम्मको अवस्थामा सहमति हुने अवस्था देखिँदैन। तर राष्ट्रपतिको लागि प्रयास गर्ने उम्मेदवारलाई जिताउनको निम्ति सर्मथन जुटाउने आजदेखि प्रयास गर्छौं,’ उनले भने, 'प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्ति दिएकाले कांग्रेसले विश्वासको मत दिएको हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad