प्रतिनिधि सभा सभामुख पदका लागि मतदान प्रक्रिया सुरु भएको छ।
सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको हो। सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा छन्।
घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने छन् भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहेका छन्।
२ सय ७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ।
माघ ५, २०७९, बिहीबार
प्रतिक्रिया