राजनीति


सरकारको योजना : नागरिकता समस्या ६ महिनाभित्र समाधान गर्ने, सार्वजनिक खर्च घटाउने

सरकारको योजना : नागरिकता समस्या ६ महिनाभित्र समाधान गर्ने, सार्वजनिक खर्च घटाउने

न्यनूतम साझा कार्यक्रमको पुस्तिकासहित ओली र दाहाल। तस्बिर : रासस


नेपालखबर
पुस २५, २०७९ सोमबार १८:५३, काठमाडौँ

सत्तारुढ गठबन्धनले ‘सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम’सार्वजनिक गरेको छ। 

सोमवार एक कार्यक्रमबीच सत्तारुढ गठबन्धनले ‘सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेको हो। 

गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समितिका संयोजक तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम हस्तान्तरण गरे।

हस्तान्तरण गर्दै अध्यक्ष ओलीले सरकारले विश्वासको मत लिएपछि ती कार्यक्रम कार्यान्वयनमा सरकार तीव्रताका साथमा लाग्ने विश्वास व्यक्त गरे।

न्यूनतम कार्यक्रममा जनसरोकार र सेवा प्रवाहको विषयलाई मुख्य रुपमा जोड दिइएको छ। २१ बुँदामा ल्याइएको कार्यक्रममा नागरिकताको विषयलाई पहिलो नम्बरमा राखिएको छ। 

कार्यक्रममा कुनै पनि नेपाली नागरिक अनागरिक हुन नदिने प्रतिवद्धता गरिएको छ। ६ महिनाभित्र नागरिकता नपाउने अवस्थाको अन्त्य गर्ने उल्लेख गरिएको छ। 

त्यसैगरी राज्यका विभिन्न निकायमा नीतिगत र संरचनागत सुधार, सुशासन र गुणस्तरीय सेवा प्रवाह, अर्थतन्त्रको सबलीकरण गर्ने विषयलाई प्रमुखताको साथ उठाइएको छ। 

सरकारलाई मितव्ययी बनाउने प्रतिवद्धता गरिएको छ। दैनिक उपभोग्य वस्तुलाई सहज बनाउने, कालोबजारी गर्नेहरुप्रति सख्त कारबाही गर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउने र उपभोक्ता हितलाई सर्वोपरी बनाउने लगायतको जनसरोकारका विषयलाई समेटिएको छ। 

त्यसैगरी मेक इन नेपाल कार्यक्रम लागू गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने जनाइएको छ।

गैरआवासीय नेपालीलाई सहज रुपमा नेपालमा लगानी गर्ने वातावरण बनाउने, सरकारी स्वामित्वका बन्द उद्योगहरुलाई पुनःसञ्चालनमा ल्याउने विषयलाई पनि न्यूनतम कार्यक्रममा समेटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad