ad ad

राजनीति


ओलीले भने : प्रचण्डले विश्वासको मत पाउनुहुन्छ, तर परिस्थिति सहज छैन

ओलीले भने : प्रचण्डले विश्वासको मत पाउनुहुन्छ, तर परिस्थिति सहज छैन

संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस २५, २०७९ सोमबार १३:५६, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने बताएका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'म ढुक्क छु प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहु्न्छ। तर अहिलेको परिस्थिति सहज छैन। अनेक चुनौती छन्', उनले भने, 'पहिलो पटक राजश्व ऋणात्मक भएको छ। त्यसैले यी चुनौतीलाई चिर्दै सरकारले अघि बढ्नुछ।'

सम्बोधनका क्रममा ओलीले जनताले नयाँ परिवर्तन खोजेकैले नयाँ दलहरु अहिलेको संसदम आएको पनि बताएका छन्। 

'जनताले नयाँ परिवर्तन खोजेकाले नयाँ सरकार आएको हो', उनले भने' त्यहीकारण नयाँ दल आएका हुन्। जनताले परिवर्तन खोजेकैले आज संसदमा नयाँ दल देखिएका छन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .