ad ad

राजनीति


रविका वकिल भन्छन् : नागरिकता विवाद अदालतले होइन सरकारले मिलाउने हो

रविका वकिल भन्छन् : नागरिकता विवाद अदालतले होइन सरकारले मिलाउने हो

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०७९ शुक्रबार १५:४२, काठमाडौँ

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार चलेको बहस सकिएको छ। 

उक्त बहसका क्रमम सुरुमा रिट निवेदन युवराज पौडेल सफलको पक्षबाट वकिलहरुले बहस गरेका थिए। त्यसपछि गृहमन्त्री रविको तर्फबाट न्यायाधीवक्ता र निजी वकिलहरुले बहस गरे।

रविको पक्षबाट बहस गर्दै अधिवक्त सुनिल पोखरेलले उनले अमेरिकी नागरिकता त्यागिसकेपछि नेपाल सरकारले अध्यावधिक गरोस् भनेर गृहमन्त्रालयअन्तर्गतकै अध्यागमन विभागमा जानकारी गराइसकेको तर्क गरे। 

'त्यो जानकारी गृहमा पुगेपछि उसले प्रेस काउन्सिललाई पहिले नै जानकारी पठाइसकेको छ', उनले भने, 'यति भइसकेपछि जानकारी भएन वा त्यागने भन्न मिल्दैन।'

तत्कालीन अवस्थामा पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दाका बेला पनि नागरिकता मुद्दा चलाइसकेको उनले खुलाए।

पोखरेलले त्यस्तो अवस्थामा रविविरुद्धको यो मुद्दा असान्दर्भिक भइसकेको तर्क गरे। 'रिट निवेदकले सर्वोच्चमा रिट हालिसकेपछि गृहमा पनि उजुरी गरेकेकाले सर्वोच्चले नै हेर्नुपर्छ भन्नेमा उहाँ आफैं निश्चिन्त हुनु हुन्न', उनले भने, 'यस्तो अवस्थामा नागरिकताको विषय अदालतले होइन सरकारले नै मिलाउने हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .