ad ad

मधेस


मधेश प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि आह्वान

मधेश प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि आह्वान

नेपालखबर
पुस २२, २०७९ शुक्रबार १५:४७, जनकपुरधाम

मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन्।

संविधानको धारा १६८को उपधारा २ बमोजिम प्रदेश प्रमुख मिश्रले सरकार गठनका लागि आह्वान गरेका हुन्। मधेश प्रदेशमा मंसिर ४ गते सम्पन्न  निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेनन्।

पुस २८ गते अपरान्ह ४ बजेसम्ममा दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीका लागि आफ्नो दावी प्रस्तुत गर्ने समय दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .