ad ad

राजनीति


गृहको निर्देशनपछि अन्य ड्युटीमा लगाइएका १०३ सुरक्षाकर्मी फिर्ता

गृहको निर्देशनपछि अन्य ड्युटीमा लगाइएका १०३ सुरक्षाकर्मी फिर्ता

नेपालखबर
पुस १४, २०७९ बिहिबार १९:३२, काठमाडौँ

कार्यविधि विपरीत व्यक्तिगत सुरक्षामा खटिएका १०३ जना प्रहरी फिर्ता भएका छन्। 

गृह मन्त्रालयले पुस १२ मा ४८ घण्टाभित्र कार्यविधि मिचेर परिचालन गरिएको सुरक्षाकर्मी फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएपछि उनीहरु फिर्ता भएका हुन्।

प्रहरी प्रधान कार्यालयबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रूपमा खटिएका कर्मचारी फिर्ता आएको प्रहरी प्रवक्ता डीआइजी टेक प्रसाद राईले जानकारी दिए।

डीआईजी राईका अनुसार फिर्ता भएका प्रहरीमा गृहमन्त्रालयबाट ३१ जना, भीआईपी र भीभीआईपीको व्यक्तिगत सुरक्षामा खटिएका ६६ जना तथा बाँकी ५ जना पूर्वप्रहरी अधिकारीको सुरक्षार्थ खटिएका सुरक्षााकर्मी रहेका छन्।

गृहमन्त्रालयबाट फिर्ता भएका ३१ सुरक्षाकर्मी चालकलाई कर्मचारीहरूले आफ्नो सवारी चलाउन प्रयोग गरेका थिए। भने ६६ जना पूर्वमन्त्रीहरूका व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) को सुरक्षाकर्मीको रुपमा खटिएका थिए। बाँकी ५ जना पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सहयोगीका रूपमा खटिएका थिए। 

पूर्वगृहमन्त्रीले १० वर्षसम्म २ जना पिएसओ र सशस्त्र प्रहरीको पछुवा गाडी पाउँछन्। पूर्व मन्त्रीले दुई वर्षसम्म १ जना व्यक्तिगत सुरक्षा अधिकृत पाउँछन्। राज्यमन्त्रीले पनि दुई वर्षसम्म पिएसओ पाउने व्यवस्था विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ मा उल्लेख गरिएको छ।

नयाँ कार्यविधिमा पूर्व सुरक्षाकर्मीहरू मध्येमा एआईजी र डिआइजीहरूले पाउँदै आएको सुरक्षा  हटाइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .