प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई सिफारिस गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मंगलबार सिफारिस गरेका हुन्।
पोखरेल माओवादीसँग निकट रहेर लामो समयदेखि सक्रिय थिए। पोखरेलले पहिलो पटक सरकारकोतर्फबाट महत्वपूर्ण जिम्मेवारी पाउन लागेका हुन्।
यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा महान्यायाधिवक्त खम्म खाँतीले सोमबार पदबाट राजीनामा दिएका थिए।
117
Shares

प्रतिक्रिया