राजनीति


बालुवाटारमा सुरु भयो सत्तारुढ गठबन्धनको बैठक

बालुवाटारमा सुरु भयो सत्तारुढ गठबन्धनको बैठक

फाइल।


नेपालखबर
पुस १०, २०७९ आइतबार ११:०, काठमाडौँ

सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। 

गठबन्धनको बैठकअघि देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।

पहिलो प्रधानमन्त्री को भन्ने विषयमा सहमति जुट्न नसकेपछि शनिबार साँझको सत्ता गठबन्धन बैठक बिनानिष्कर्ष सकिएको थियो।

लगत्तै, आइतबार बिहानैबाट दलहरु आन्तरिक तयारीमा जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आफ्ना विश्वासपात्रहरुलाई बोलाएर विकल्पबारे छलफल गरिरहेका छन्।

देउवा र प्रचण्डले गठबन्धन बैठकअघि शीर्ष तहका नेताहरुसँग समेत छलफल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad