ad ad

राजनीति


नयाँ सरकार बनाउन राष्ट्रपतिले दिएको समय भोलि सकिँदै

नयाँ सरकार बनाउन राष्ट्रपतिले दिएको समय भोलि सकिँदै

नेपालखबर
पुस ९, २०७९ शनिबार ७:५८, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न दिएको समय भोलि (पुस १० गते) साँझ सकिँदै छ। 

राष्ट्रपति भण्डारीले गत आइतबार (पुस ३) साँझ ७ दिनभित्र संसदमा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेकी थिइन्। 

त्यो समय सीमा कट्न आजसमेत २ दिन मात्र बाँकी रहँदा सरकार गठनमा दलहरूले सहमति जुटाउन सकेका छैनन्। राष्ट्रपतिले दिएको समयसीमाअनुसार दलहरूले पुस १० गते साँझ ५ बजेभित्र सरकार गठनका लागि आवश्यक बहुमत जुटाउनुपर्ने हुन्छ। 

राष्ट्रपति कार्यालयको सूचनामा भनिएको छ, ‘प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/१० गते आइतबार १७ः०० बजेभित्र दाबी पेस गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको बेहोरो अनुरोध छ।’ 

वर्तमान सत्ता गठबन्धनकै दल मिलेर नयाँ सरकार गठन गर्ने कुरा भइरहे पनि कसले नेतृत्व गर्ने भन्ने विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच यो खबर लेख्दासम्म सहमति हुन सकेको छैन। दुवैले आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने दाबी गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .