सरकारले न्यायपरिषद् सदस्यमा वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायधिवक्ता लक्ष्मीबहादुर निराला खड्कालाई सिफारिस गरेपछि संसदीय सुनुवाई समितिले सार्वजनिक उजुरी माग गरेको छ।
संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकले १० दिनभित्र निरालाविरुद्ध समितिमा उजुरी दिन माग गरेको हो।
समितिका सभापति लक्ष्मणलाल कर्णले बुधबारदेखि १० दिनभित्र उजुरी दिन सकिने बताए। समितिमा प्राप्त भएका उजुरी माथि छलफल गरी सुनुवाई समितिले अनुमोदन गरेपछि मात्र न्याय परिषद् सदस्यमा नियुक्तीका लागि योग्य हुने उनले बताए।
न्यायपरिषद सदस्यबाट पदम वैदिकले राजीनामा दिएपछि एक सदस्य रिक्त थियो। सोही ठाउँमा सोमबारको मन्त्रिपरिषद् बैठकले निरालालाई सिफारिस गरेको हो। निराला तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा महान्यायाधिवक्ता थिए।

प्रतिक्रिया