नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ।
उनकी आमा ७८ वर्षीया गङ्गादेवीको आज बिहान ४ बजे काठमाडौँको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको उनको घरपरिवारले जनाएको छ।
उच्च रक्तचापका कारण गएको मङ्सिर ११ उनलाई डोटीबाट काठमाडौँ ल्याई अस्पताल भर्ना गरिएको थियो। रासस
231
Shares

प्रतिक्रिया