ad ad

राजनीति


राष्ट्रपति कार्यालय पुग्यो अध्यादेश, राष्ट्रपतिले के गर्लिन्?

राष्ट्रपति कार्यालय पुग्यो अध्यादेश, राष्ट्रपतिले के गर्लिन्?

नेपालखबर
मंसिर २६, २०७९ सोमबार १७:३०, काठमाडौँ

थुनामा रहेका रेशम चौधरी लगायतकाको राजनीतिक मुद्दा फिर्ता लिनेगरी फौजदारी र देवानी संहिता संशोधन गर्नेगरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ। 

आइतबार बसेको मन्त्रिपरिषद्‍को बैठकले अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

सोही निर्णय भएको भोलिपल्ट सोमबार सरकारले अध्यादेश जारी गर्नका लागि राष्ट्रपति कार्यालय शितल निवास पठाएको हो । केहीबेर अघि सरकारले पठाएको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। 

सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिबाट जारी गर्नुपर्छ। जारी भएपछि मात्र कानुनी रुप लिनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारेमा अध्ययन गर्ने उनले बताए।

‘सम्माननीयज्युले यसबारेमा अध्ययन गरेर निर्णयमा पुग्नुहुनेछ,’ उनले भने।  

अध्यादेश जारी भए सरकारको चाहना अनुसार राजनीतिक घटनाहरूमा जोडिएका फौजदारी अभियोग प्रमाणित भएकाहरूले सजाय छुट पाउने छन् । अध्यादेशका विषयमा कांग्रेस, एमाले लगायतका दलबाट तीव्र विरोध भइरहेको छ।

अध्यादेश विवादित भएकोले राष्ट्रपतिबाट जारी हुन्छ कि हुँदैन निश्चित छैन। किनकी यसअघि सरकारले पठाउएको विधेयक समेत प्रमाणीकरण भएको थिएन।

सरकारले आइतबार रेशम चाैधरी, नेत्रविक्रम चन्द विप्लव, सिके राउतलगायतसँग अघिल्लो सरकारले गरको सम्झाैता कार्यान्वयन भन्दै अध्यादेश ल्याउने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .