राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिक सांसद छनोट गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रापले समानुपातिकतर्फ पनि सातै सिट ल्याएको छ। यस्तै विभिन्न प्रदेशमा गरी राप्रपाले समानुपातिकतर्फ १७ सिट हात पारेको छ।
तिनै सांसद छान्न राप्रपाले भोलि मंसिर २४ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको हो।
बैठक शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
बैठकमा निर्वाचनको समीक्षा पनि गरिने उनले बताए।
96
Shares
प्रतिक्रिया