ad ad

राजनीति


स्याङ्जा २ : सर्वदलीय बैठक सकियो, मतगणना ९ बजेदेखि सुरु हुने

स्याङ्जा २ : सर्वदलीय बैठक सकियो, मतगणना ९ बजेदेखि सुरु हुने

नेपालखबर
मंसिर १४, २०७९ बुधबार १९:५१, काठमाडौँ

स्याङ्जा जिल्लाको क्षेत्र नं २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ। 

अहिले केहीबेर अघि सम्पन्न सर्वदलीय बैठकले मतगणना सुचारु गर्ने सहमति गरेको हो। 

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा धाँधली भएको भन्दै नेकपा (एमाले) का उम्मेदवार पद्मा अर्यालसहित प्रतिनिधि सभा र प्रदेश सभाका १४ उम्मेदवारले छानबिन र पुनः मतदानको व्यवस्था गर्न माग गरेका थिए। 

तर, निर्वाचन आयोगले पुनः मतदान नगरी मतगणना गर्न निर्देशन दिएको थियो।

सो क्षेत्रमा एमालेका अर्याल र नेपाली कांग्रेसका धनराज गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .