नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन जाने भएका छन्।
गत वर्ष थाइल्याण्ड र चीनमा गरेर चार महिना लामो उपचारबाट फर्किएका पुन स्वास्थ्यमा फेरि समस्या देखिएपछि त्यसतर्फ जाने भएका हुन्।
उनी गत वर्ष असोज १३ गते उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएका थिए।
त्यहाँ निको नभएपछि उनलाई २०७८ मंसिर १० मा चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा लगेर उपचार गरिएको थियो।
वामपन्थी एकताको चर्चाबीच रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित नेता पुनको चीन भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ।
252
Shares
प्रतिक्रिया