राजनीति


हारपछि शेरधनले भने : गठबन्धन चरित्र हत्यामा उत्रियो, मतदातालाई पैसा बाँड्यो, भोजभतेर गर्‍यो

हारपछि शेरधनले भने : गठबन्धन चरित्र हत्यामा उत्रियो, मतदातालाई पैसा बाँड्यो, भोजभतेर गर्‍यो

नेपालखबर
मंसिर ९ , काठमाडौँ

प्रदेश १ का पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले हार स्वीकारेका छन्।

शुक्रबार भोजपुरमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले चुनावी प्रतिस्पर्धामा हारजित स्वभाविक प्रक्रिया भएको पनि बताएका छन्। 

'चुनावमा हारजित हुन्छ यसलाई स्वीकारेको छु। म पराजित भएर केही फरक परेको छैन', उनले भने, 'तर जिल्ला र भोजपुरबासीलाई फरक परेमा अफशोच हुनेछ। सबै मतदाता र शुभेच्छुकलाई निराश नहुन आग्रह गर्दछु। म सबैलाई निराश नहुन हार्दिक आह्वान गर्छु।'

उनले चुनावका क्रममा सत्ता गठबन्धनले भ्रम छर्ने काम पनि गरेको बताएका छन्। 

'भ्रम, कु-प्रचार, चरित्र हत्या र पैसा वितरणबीच स्वच्छता, इमान्दारिता, विकास र पारदर्शिताको पक्षमा माया गरे भोट हालिदिनु भएको छ', उनले भने, 'बरु अबको लडाइँका लागि तयार रहन आग्रह गर्छु। आग्रह र पूर्वाग्रहबीच पनि हामीले राम्रो भोट पायौँ। तर निर्वाचनमा भएका घातअन्तर्घातको पनि निर्वाचन परिणामको समीक्षा हुनेछ।'

भोजपुरमा लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सुदन किराती विजयी भएका छन्। 

उनलेले २८ हजार ५ सय ७५ मत पाएका छन् धने शेरधन २६ हजार १९३ मात्र प्राप्त गरे। उनीहरुबीचको मतान्तर २ हजार ३ सय ८५ थियो। 

यसअघि शेरधनलाई सुदनले ०६४ को संविधानसभा निर्वाचनमा पराजित गरेका थिए। 

मंसिर ९, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.