राजनीति


प्रदीप पौडेलसँग पराजित ईश्वर पोखरेलले दिए बधाई

प्रदीप पौडेलसँग पराजित ईश्वर पोखरेलले दिए बधाई

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार २२:५३, काठमाडौँ

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं–५ बाट विजयी नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई बधाई दिएका छन्।

निर्वाचन आयोगले अन्तिम मत परिणाम सार्वजनिक गरेलगत्तै फेसबुकमार्फत् उनले पौडेललाई बधाई दिएका हुन्। 

‘काठमाडौं क्षेत्र नम्बर ५ को निर्वाचन परिणाम पनि भरखरै सार्वजनिक भएको छ र श्री प्रदीप पौडेलजी विजयी बन्नु भएको अनौपचारिक घोषणा समेत गरिएको छ,’ पोखरेलले भनेका छन्, ‘यस अवसरमा उहाँलाई बधाई भन्न चाहान्छु।’

उनी पौडेलसँग ५ हजार ६५ मतले प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन्। गत आइतबार सम्पन्न मतदानमा यहाँ ४५ हजार ९८७ मत खसेको थियो। जसमध्ये पौडेलले १५ हजार २३७ मत र पोखरेलले १० हजार १७२ मत पाएका छन्। 

पोखरेलले निर्वाचनमा पराजित भए पनि भविष्यमा जनतासँगको सम्बन्ध र सम्पर्कलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सँधै उच्च प्राथमिकतामा राख्ने बताएका छन्। 

‘पारदर्शी जीवन शैली अपनाउने र निरन्तर देश  हित र जनताका काममा क्रियाशील बन्ने मार्गमा पूर्ववत लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्दछु,’ पोखरेलले भनेका छन्, ‘मैले उम्मेदवारी दिएको क्षेत्र काठमाडौं ५ मा मैले यस क्षेत्रको प्रतिनिधि भएर जीवनका लागि कहिल्यै बिर्सन नसक्ने धेरै उपयोगी कुराहरू सिकेको छु।’

उनले शिक्षा र प्रेरणा प्रदान गर्ने सबैप्रति सधैँ उच्च आदरभाव रहिरहने उल्लेख गर्दै आफ्नो बाँकी जीवन देश, जनता, परिवर्तनको अभियान तथा आफू सम्बद्ध पार्टीप्रति समर्पित रहिरहने पनि बताएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .