राजनीति


रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीलाई सप्तरी– १ मा प्रतिस्पर्धी मत

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीलाई सप्तरी– १ मा प्रतिस्पर्धी मत

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १४:१५, काठमाडौँ

कैलालीको थारु बहुल क्षेत्रमा मात्र प्रभाव रहेको मानिने नागरिक उन्मुक्ति पार्टीको पूर्वी तराईको सप्तरीमासमेत प्रभाव देखिएको छ। 

सप्तरी– १ को सुरुवाती मत गणनामा सो पार्टीका उम्मेदवार तेस्रो स्थानमा रहेपनि सो पार्टीले प्रतिस्पर्धी मत प्राप्त गरेको छ। 

प्रारम्भिक मतगणना अनुसार सप्तरी– १ मा सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार जयकान्त राउत २ सय ३८ मतसहित अग्रस्थानमा छन्।  दोस्रो स्थानमा रहेका कांग्रेसका रामदेव साह तेलीले २ सय १४ मत प्राप्त गरेका छन्।  

तेस्रो स्थानमा नागरिक उन्मुक्ति पार्टीकी टीकालक्ष्मी चौधरी छिन्। प्रारम्भिक मतगणना अनुसार उनले २ सय १ मत प्राप्त गरेकी छन्। 

यस हिसावले पहिलो स्थानमा रहेको राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार भन्दा नागरिक उन्मुक्ति पार्टीकी चौधरीको मतान्तर ३७ र कांग्रेस उम्मेदवारसँगको मतान्तर १२ मात्र छ।  

कैलालीजस्तै सप्तरी– १ पनि थारु मतदाता बहुल क्षेत्र हो भने टीकापुर काण्डमा अदालतले दोषी ठहर गरेपछि जेलमा रहेका रेशम चौधरीले थारु मतलाई आकर्षित गर्न नागरिक उन्मुक्ति पार्टी स्थापना गरेका हुन्।

जेलमा रहेका रेशमले कानूनी रुपमा पार्टीका नेतृत्व गर्न नमिल्ने भएकाले नागरिक उन्मुक्ति पार्टीको नेतृत्व रेशमपत्नी रन्जिता श्रेष्ठले गरेकी छन्। कैलाली– १ मा उम्मेदवार रहेकी रन्जितापनि प्रारम्भिक मतगणनामा अग्रस्थानमा छिन्। 

थारु समुदायले रेशममाथि राज्यले अन्याय गरेको अनुभूति गरिरहेको अनुभूत गरेको थारु समुदायले नागरिक उन्मुक्ति पार्टीलाई आफ्नो राजनीतिक दलको रुपमा लिएको सप्तरी– १ मा उसले पाएको प्रतिस्पर्धी मतले संकेत गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .