राजनीति


मध्याह्नसम्म मनाङमा ५१ प्रतिशत मत खस्यो

मध्याह्नसम्म मनाङमा ५१ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतदान गर्दै चामे–४ लोकप्रिय मावि चमे मनाङ–१ अस्थायी मतदान केन्द्र। तस्बिर : नवीन लामिछाने/रासस


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १३:१३, मनाङ

हिमाली जिल्ला मनाङमा मध्याह्नसम्म ५१ प्रतिशत मतदान सम्पन्न भएको छ। 

यहाँ कूल मतदाता ६ हजार ७ सय ७९ जना छन्। 

जसअनुसार दिउँसो साढे १२ बजेसम्म ३ हजार ४ सय ९० मत खसेको हो। 

मतदान गर्नेमध्ये १ हजार ८ सय ३७ र १ हजार ६ सय ५३ महिला छन्। 

यहाँ एमालेबाट निवर्तमान सांसद पाल्देन छेपाङ गुरुङ र नेपाली कांग्रेसबाट टेकबहादुर गुरुङ प्रतिस्पर्धामा छन्। 

उनीहरु २०७४ को आम निर्वाचनका प्रतिस्पर्धी पनि हुन्। त्यो निर्वाचनमा एमाले विजयी भएको थियो। 

यसपटकको निर्वाचनमा मनाङमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मुख्या गुरुङलाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .