बाँकेको कोहलपुर नगरपालिका-१० स्थित हाई स्कुल मतदान केन्द्रमा प्रदेशसभाको मत संघमा खसाइएपछि विवाद भएको छ।
उक्त केन्द्रका मतदान अधिकृत प्रकाश अधिकारीले हस्ताक्षर गरेर दिएका प्रदेशका २९ वटा मत संघतिर गएपछि विवाद भएको हो।
एकातिरको मत अर्कातिर गएपछि त्यहाँ खटिएका दलका प्रतिनिधिले धाँधली आरोप लगाएका छन्।
त्यसपछि मतदान अधिकृत अधिकारीले गल्ती स्वीकार्दै प्रदेशको मत संघमा खसाएका २९ जनालाई फेरि मतदान अवसर दिएका छन्।
मतदान अधिकृत अधिकारीले प्रदेशको मत संघको बाकसमा खसाएका ती २९ जनालाई फेरि भोट हाल्न बोलाइएको छ।
मतदान अधिकृत अधिकारीले कोहलपुर वडा नं. १० को हाई स्कुल 'ख' बुथका २९ जनालाई फेरि मतदानका लागि बोलाएका हुन्।
21
Shares
प्रतिक्रिया