राजनीति


आज मध्यरातिदेखि मतगणना नसकिँदासम्म मदिरा बेच्न र खान नपाइने

आज मध्यरातिदेखि मतगणना नसकिँदासम्म मदिरा बेच्न र खान नपाइने

फाइल तस्बिर


नेपालखबर
मंसिर १, २०७९ बिहिबार ७:३८, काठमाडौँ

निर्वाचन आयोगले मंसिर ४ गते (आइतबार) हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री, वितरण र खान निषेध गरेको छ।

मतदानको समयभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण र खानमा प्रतिबन्ध लगाइएको आयोगले जनाएको छ। 

आज (मंसिर १) राति १२ बजे ‘स्थिर समय’ सुरु हुँदै छ। यसअघिका निर्वाचनमा ‘मौन अवधि’ भनिने गरेको भए पनि यसपटक आयोगले यसलाई ‘स्थिर समय’ भनेको हो। स्थिर समय सुरु भएसँगै दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न पाउने छैनन्। 

योसँगै आज राति १२ बजेदेखि मदिरा बिक्री, वितरण र सेवन पनि निषेध गरिने निर्वाचन आयोगले जनाएको छ। मतगणना नसकिँदासम्म यो प्रतिबन्ध खुला गरिने छैन।  

यसका लागि आयोगले आवश्यक प्रबन्ध मिलाई मदिरा बिक्री, वितरण, ओसारपसार तथा सेवन गर्ने गराउनेकार्यलाई पूर्ण रूपले निषेध गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad