राजनीति


समानुपातिक निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन जनमोर्चाको आग्रह

समानुपातिक निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन जनमोर्चाको आग्रह

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १७:२२, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समानुपातिक निर्वाचनमा आफ्नो पार्टीलाई भोट दिन अपील गरेका छन्।

मंगलबार एक विज्ञप्ति प्रकाशित गरी अध्यक्ष केसीले जनमोर्चाले राजनीतिमा निष्कलंक छवी प्रदर्शन गर्दै आएको स्मरण गर्दै लोकतन्त्र, गणतन्त्र र राष्ट्रियता समेतका पक्षमा लगातार र सम्झौताहीन प्रकारले संघर्ष गरिरहेको स्पष्ट पारेका छन्।

‘राष्ट्रिय जनमोर्चाले देश भरिको लागि समानुपातिक उम्मेद्वारहरु खडा गरेको छ। राष्ट्रिय जनमोर्चाले अहिलेसम्म, एकातिर निष्कलंक राजनीतिक चरित्रको प्रदर्शन गर्दै आएको छ भने, अर्कातिर एमसीसी, नागरिकता विधेयक समेतको विरोध गर्दै लोकतन्त्र, गणतन्त्र र राष्ट्रियता समेतका पक्षमा लगातार र सम्झौताहीन प्रकारले सङ्घर्ष गर्दै आएको छ’ अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उपर्युक्त सबै कुराहरूमाथि ध्यान दिएर हामीले देशभरका सम्पूर्ण जनतासित राष्ट्रिय जनमोर्चाका समानुपातिक तर्फका सबै उम्मेदवारहरूलाई आफ्नो अमूल्य मत दिएर विजय बनाउनका लागि हार्दिक अपील गर्दछौँ।’ 

पाँचदलीय गठबन्धनमा सामेल जनमोर्चाले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा दुई र प्रदेश सभामा एक जनामात्रै उम्मेदवार खडा गरेको छ।
बागलुङ १ मा अध्यक्ष केसी र प्युठानमा उपाध्यक्ष दुर्गा पौडेल प्रतिनिधि सभाको उम्मेदवार छन् भने अर्घाखाँची क बाट केन्द्रीय सदस्य सागर केसी लुम्बिनी प्रदेश सभाको उम्मेदवार बनेका छन्।

समानुपातिकतर्फ भने प्रतिनिधि सभामा देशैभरीबाट र प्रदेशतर्फ प्रदेश १ र मधेश प्रदेशबाहेकका पाँचवटा प्रदेशमा उम्मेदवारहरु उठाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .