राजनीति


गण्डकीका मन्त्री खड्का बर्खास्त, गठबन्धनलाई असहयोग गरेको आरोप

गण्डकीका मन्त्री खड्का बर्खास्त, गठबन्धनलाई असहयोग गरेको आरोप

फाइल तस्बिर


नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १६:२९, काठमाडौँ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन्। 

मंसिर ४ मा हुन लागेको संघीय र प्रदेश निर्वाचनमा सत्ता गठबन्धनलाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको हो।

गठबन्धनका उमेदवार तथा प्रदेशका मुख्यमन्त्री नेपाली र कानुनमन्त्री बिन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको हो।

खड्काले मंसिर ४ को चुनावका लागि टिकट नपाएपछि कांग्रेस नेतृत्वमाथि आक्रोश पोखिरहेका थिए। 

आफूले टिकट नपाएपछि कांग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई पनि उनले असहयोग गरेको आरोप थियो। 

 खड्काले कानुनमन्त्री थापालाई पाखा लगाएर कास्की २ '२' मा उठ्ने तयारी गरेका थिए। तर कांग्रेसले उनलाई टिकट दिएको थिएन। 

खड्का नेतृत्वको अखण्ड नेपाल पार्टी २०७४ असोजमा औपचारिक रुपमा नेपाली कांग्रेसमा समाहित भएको थियो। त्यसपछि उनले गण्डकीमा मन्त्री बन्ने अवसर पाएका थिए। 

यसअघि कात्तिक २२ गते गण्डकीकै खानेपानीमन्त्री हरिशरण आचार्य पनि बर्खास्तीमा परेका थिए। 

गोरखा २ का उम्मेदवार एमव् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध अभिव्यक्ति दिएर चुनावमा असहयोग गरेपछि उनी बर्खास्तीमा परेका थिए। 

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता उनी माओवादीकै चुनाव चिह्न लिएका फणिन्द्र देवकोटाविरुद्ध प्रचारमा जुटेपछि केन्द्रको सल्लाहअनुसार बर्खास्त गरिएको थियो। 

अघिल्लो चुनावमा नयाँशक्ति पार्टीबाट विजयी बनेका आचार्य यो चुनावमा पनि गोरखा क्षेत्र नम्बर २ को ‘क’बाट उम्मेदवार बन्न चाहन्थे। तर गठबन्धनका कारण उनले पाउने भनिएको टिकट माओवादीको भागमा परेर देवकोटा मैदानमा छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .