नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियान तीव्र बनाएका छन्।
नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार चौधरीले यतिबेला घरघरमा पुगेर स्थानीय समस्या बुझ्दै चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन्।
चुनावी घरदैलोका क्रममा उनले विकासका लागि राजनीतिमा आएको बताएका छन्। उद्योगपतिसमेत रहेका कांग्रेस
नेता चौधरीले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने वचन दिएका छन्।
उनले विकासको लागि आफ्नो जित आवश्यक रहेका र मतदाताहरुले पनि यसपटक आफूलाई रुचाएको बताए।
चौधरीले सुस्ता बाढी, किसानका समस्यादेखि विकास निर्माणका लागि पहल गर्ने वाचा गरेसँगै नवलपरासी–१ का मतदातामा उत्साह देखिएको बताएका छन्।
Shares

प्रतिक्रिया