नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले खुलेआम निर्वाचन आचारसंहिता उलंघन गरेको आरोप लगाएको छ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गर्दै एमालेमाथि कारबाही गर्न निर्वाचन आयोगसँग माग गरेका हुन्।
महतले निर्वाचन आचारसंहिताविरूद्ध एमालेले खुलेआम प्रलोभन र सामाजिक संघसंस्था दुरुपयोग गर्ने काम गर्दा पनि आयोगले कारबाही नगरेको भन्दै आक्रोश पोखे।
‘म निर्वाचन आयोगलाई पनि अनुरोध गर्न चाहन्छु, आचारसंहिताको हामीले अक्षरश: पालना गरेका छौं। तर संस्थाहरुको दुरुपयोग एमालेले गरेको जगजाहेर छ', उनले भने, 'आचारसंहिताविरुद्ध प्रलोभन दिने, विभिन्न संस्था दूरुपयोग गर्ने प्रवृत्तिलाई निर्वाचन आयोगले तत्काल निगरानी गरोस्। हामी त्यसलाई कारबाही गरोस् भनेर आयोगसँग आग्रह गर्छौँ।’
39
Shares

प्रतिक्रिया