राजनीति


एमालेले आचारसंहिता उल्लंघन गर्दा आयोगले बेवास्ता गर्‍याे : महत

एमालेले आचारसंहिता उल्लंघन गर्दा आयोगले बेवास्ता गर्‍याे : महत

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार १६:५३, काठमाडौँ

नेपाली कांग्रेसले नेकपा (एमाले)ले खुलेआम निर्वाचन आचारसंहिताको उलंघन गरेको आरोप लगाउँदै कारबाही गर्न पनि निर्वाचन आयोगसँग माग गरेको छ।

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आचारसंहिताको खिलापमा एमालेले खुलेआम प्रलोभन दिने, सामाजिक संघसंस्थाहरुको दुरुपयोग गर्ने काम गर्दा पनि निर्वाचन आयोगले कारबाही नगरेको भन्दै आक्रोश समेत व्यक्त गरे। 

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली कांग्रेसले भने निर्वाचन आचारसंहिताको अक्षरसः पालना गरिरहेको जिकीर गरे।

प्रवक्ता महतले भने, ‘म निर्वाचन आयोगलाई पनि अनुरोध गर्न चाहन्छु कि जुन आचारसंहिता बनाउनु भएको छ । त्यसको हामीले अक्षरसः पालना गरेका छौं। तर जहाँ खुलेआम कुनै पनि बेला गर्न नमिल्ने संस्थाहरुको प्रयोग गरेर दुरुपयोग एमालेले गरेको जगजाहेर छ। निर्वाचन आचारसंहिताको खिलापमा प्रलोभन दिने, विभिन्न संस्थाहरुलाई दूरुपयोग गर्ने जुन प्रवृत्ति छ। त्यसलाई निर्वाचन आयोगले तत्काल निगरानी गरोस्। र, कारबाही गरोस् भनेर निर्वाचन आयोगसँग माग गर्न चाहन्छु।’

उनले एमालेले जारी गरेको चुनावी घोषणा पत्रमा सपना मात्रै बाँडिएको दोहोर्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad