ad ad

राजनीति


सैनिक अस्पतालमा मिर्गौला उपचारबारे सेना र महानगरबीच सहमति

सैनिक अस्पतालमा मिर्गौला उपचारबारे सेना र महानगरबीच सहमति

नेपालखबर
पुस २, २०७६ बुधबार १६:१६,

नेपाली सेनाको वीरेन्द्र अस्पताल, छाउनीमा काठमाडौं महानगरका नागरिकले मृगौला उपचार सेवा पाउने भएका छन्।

नागरिकलाई मृगौला उपचारसम्बन्धी सेवा उपलब्ध गराउने समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापा र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

सहमति अनुसार महागनरपालिकाबाट सिफारिस भएमा नागरिक र कर्मचारीले सैनिक अस्पतालमा सेवा पाउने छन्। यसअघि सैनिक अस्पतालमा सर्वसाधारणले दुर्घटना भएको अवस्थामा आकस्मिक सेवा मात्रै पाउँदै आएका थिए ।

समझदारी भएपछि शाक्यले यसलाई ऐतिहासिक कार्यको थालनी भनेका छन्। सेनाले सैनिक र महानगरवासीबीच रहेको सम्बन्धीलाई थप प्रगाढ र सुमधुर बनाउन यो समझदारीले सहयोग गर्ने विश्वास व्यक्त गरिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .